Served by

2,429 + members

We Serve

District 325 L, Nepal

Lead to Excellence

Learn More

Be A Volunteer

Even the all-powerful Pointing has no control about the blind text. Even the all-powerful Point about the blind text.

Be A Volunteer

Lion Suman Bhatta

आदरणीय लायन लिडरज्यूहरु
नमस्कार
लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक ३२५ ”एल“ नेपालको लायन बर्ष २०२४-२५ का लागि
डिष्ट्रिक गभर्नर पदमा निर्वाचित गराई नेतृत्व गर्ने अवसर प्रदान गर्नु भएकोमा यहाँहरु सबैमा हार्दिक
आभार एवं कृतज्ञता सहित धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।
लायन्स अन्तर्राष्ट्रियको १०७ बर्षको तथा नेपाली लायनवादको ५३ बर्षको गौरवमय
ईतिहासको विरासतलाई मनन गर्दै, आज सम्म यस्ले अनुभूती गराएको गर्वीलो शिरलाई अक्षुण्ण
राख्दै हाम्रो डिष्ट्रिकका सबै लायन लिडरज्यूहरुमा गर्वको अनुभूति गर्ने गरी काम गर्नुपर्ने हाम्रोलागी
चुनौती र सुनौलो अवसर एकैसाथ प्राप्त भएको मैले महशुस गरेको छु । लायन्स क्लब एउटा
संस्था मात्र होईन, यो निस्वार्थ सेवा र विश्वमा सकारात्मक परिवर्तन ल्याउने अटल प्रतिबद्धताको
प्रतीक पनि हो । तपाई हामी सबैलाई थाहा छ, हामीलाई एकसाथ बाँध्ने लायनवादको आधारभूत
सिद्धान्तहरु सेवा, मित्रता र नेतृत्व जस्ता बलिया स्तम्भहरु हुन, जसमा हाम्रो लायन समुदाय
गौरवकासाथ उभिएको छ र यस्ले विश्वमा सेवाको माध्यमबाट सेवाग्राहीहरुको जीवनमा वास्तविक
र दिगो फरक पारेको छ ।
हामी सबैलाई थाहै छ, लायन्स क्लबहरुले विभिन्न परियोजनाहरु मार्फत आफु् भन्दा
कम अवसर प्राप्त जनमानसमा सेवा पुर्याउँदै आईरहेको छ । लायनवादको मर्मअनुसार सेवाको
आवश्यकता परेकाहरुको जीवनमा निरन्तर उज्यालो दिईरहेको सुनिश्चित गर्दै समर्पण, उत्साह र
जिम्मेवारीको गहिरो भावनाकासाथ सेवा कार्य जारी राखौं । हरेक बर्ष विविध प्रकारका कार्यक्रमहरु
हामीले संचालन गर्दै आईरहेकै छौ, अव यस बर्ष हामीले गर्ने सबै कार्यहरु अरुकोलागी अनुकरणीय
होस भन्ने उद्देश्यले हामीले आयोजना गर्ने सबै कार्यक्रमहरु उत्कृष्ट बनाउनु पर्नेछ । उत्कृष्टतालाई
अर्जुनदृष्टि बनाउदै यस बर्ष डिष्ट्रिको नारा ”उत्कृष्टताको लागी नेतृत्व“ Lead to Excellence
भन्ने नारा अगाडी सारेकोे छु । 
जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने भनाईलाई हामी सबैले मनन गरेर हाम्रो डिष्ट्रिकलाई
देशको नमुना डिष्ट्रिक बनाउने तपाई हाम्रो साझा प्रतिवद्दता रहेको छ । हामीले आयोजना गर्ने सबै
कार्यक्रमहरुलाई उत्कृष्ट बनाउन अब तपाई हाम्रो हातेमालोको अपरिहार्यता कसैले अस्वीकार गर्न
सक्दैन । हामी संसारकै सबै भन्दा ठुलो सामाजिक सेवाको क्षेत्रमा कार्यरत संस्थाको सदस्य हौं,
हरेक व्यक्तिले, समुहले, समाजले र राष्ट्रले हामी र हाम्रो कार्यशैलीलाई सुक्ष्म ढंगले नियालिरहेको
नै हुन्छ, उहाँहरु सबैले हाम्रो कार्यशैलीबाट धेरै कुराको आशा गर्नु भएको हुन्छ, तसर्थ हामीले 
आयोजना गर्ने सबै कार्यक्रमहरु उत्कृष्ट र उदाहरणीय हुनु नै पर्नेछ । उत्कृष्टता बनाउने भनेको 
स्वेच्छाचारी कार्यशैलीको छुट भने होईन तर विकास, सुधार र निपुणताको निरन्तर यात्रा हो । 

लायन्स क्लबमा समाजका उत्कृष्ट र प्रतिष्ठीत व्यक्तिहरुनै सदस्य भएको मानिन्छ । आफ्नो
परिवारलाई दिएर बचेको समय, पेशा व्यवसायबाट कमाएर बचेको धन दिएर सामाजिक कार्यमा
सम्रर्पित सकारात्मक सोचका व्यक्ति नै लायनवाद प्रति समर्पित सदस्य हो । यही समुहबाट नै समाज
रुपान्तरणमा लाग्दा लाग्दै पनि सदस्यहरुलाई अझ सबल र सक्षम बनाउन तथा राष्ट्रलाई आर्थिक
रुपमा पनि केहि योगदान दिन किन अधि नसर्ने तथा यो सकारात्मक सदस्यहरु भएको समुहलाई
नै एउटै मालामा जोडनलाई पनि यो बर्ष केहि प्रयास गर्ने जमर्को गरेका छौ । 
विश्वमा बढदै गएको औधोगिकरणका कारण फैलिएको प्रदुषणले विश्व वातावरणलाई
नराम्ररी खल्वल्याएको छ, मानव सभ्यतालाई नै यो अन्त्य गर्ने हो की भन्ने चिन्ताको विषय भै सकेको
छ । अहिले नै विश्वमा बढदै गएको तापमानले हाम्रो विश्वको ३० प्रतिशत भन्दा बढि जलश्रोत लोप
भै सकेको मानिन्छ । यहि गतिमा वातावरणीय क्षती भै रहने हो भने, हाम्रो सन्ततीको भविष्य प्रति
हामीले खेलवाड गरेको हुनेछ । लायन्स अन्तर्राष्ट्रियको लक्ष्य मध्ये वातावरण जोगाउने पनि भएकोले
वातावारणीय क्षति कम गर्नलाई यस बर्ष सबै लायन्स क्लबहरुले जनचेतना मुलक कार्यक्रमहरु
आयोजना गर्नु हुनेछ भन्ने डिष्ट्रिकले विश्वास लिएको छ ।
हाम्रो डिष्ट्रिक भित्र रहेका सबै क्लबहरुलाई बलियो र स्वस्थ क्लबको रुपमा स्थापना
गराउने पनि डिष्ट्रिकको यो बर्षको चाहना हो । सबै क्लबमा न्यूनतम पनि एउटा स्थायी कोषको
स्थापना होस भन्ने डिष्ट्रिकको लक्ष्य रहेको छ । क्लबको उज्ज्वल भविष्य, स्थायित्व, चलायमान र
बलियो क्लबको पहिचानकोलागि यस्ता प्रकारका स्थायी कोषले गहिरो अर्थ राख्दछ । 
यो संग सगै लायन्स अन्तर्राष्ट्रियले तोकेको Childhood Cancer, Disaster Relief, 
Diabetes, Environment, Humanitarian, Hunger, Vision and Youth  को क्षेत्रमा हरेक क्लबले
कुनै न कुनै कार्यक्रम राख्नु नै हुनेछ भन्ने विश्वास लिएको छ । साथै अन्तर्राष्ट्रियले तोकेको मिसन
१.५ सदस्यता पुर्याउने लक्ष्यलाई सहयोग गर्नका लागि पनि हामीले सकारात्मक प्रयास गर्ने नै छौं । 
हाम्रा लायन्स सदस्यहरुको समग्र विकासमा पनि यो बर्ष डिष्ट्रिकले कार्यक्रमहरुको
आयोजना गर्ने लक्ष्य राखेको छ, जसमा तपाईहरु सबैको सकारात्मक सहयोग रहने पनि हामीले
विश्वास लिएका छौ । 

Lion Suman Bhatta

Our Program

Whenever Lions club members get together, problems get smaller. And communities get better. Because we help where help is needed in our own communities and around the world with unmatched integrity and energy.

Our Videos

Our Governor Team

Lead to Excellence

get in touch

Fill up the form and we will contact you...

E Newsletter